शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

बागलुङ – बागलुङको बरेङ पेरिडाडाँमा आज दिउँसो जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ-८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका प्रहरी हबलदार बिष्ट इलाका प्रहरी कार्यालय बरेङ र प्रहरी जवान श्रीस इलाका प्रहरी कार्यालय बाटाकाचौरमा कार्यरत रहनुभएको थियो । दुवै जना प्रदेश नम्बर २ को धनुषामा भएको स्थानीय तह चुनाव सकेर फर्किदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज सिहं थापाले जानकारी दिनुभयो ।

१५ जना सवार रहेको जीप बरेङ गाउँपालिका-२ पेरीडाँडाबाट तल खसेको हो । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया