बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको कमजोरीका कारण स्थानीय तहमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको आरोप लगाउनु भएको छ ।

कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आज राजधानीमा गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा नेता सिंहले जिल्ला तहलाई दिएको अधिकार प्रयोग गर्न नसकेको, एकले अर्कालाई ‘देखाइदिन्छु’ भन्ने भावनाको विकास पार्टीमा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

आफू भए ठीक र अरु हुँदा गलत भन्ने संस्कारले कांग्रेसलाई क्षति पुगेको उहाँको भनाइ थियो । उहाँले अब प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्रियाशीलताका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजन केसी, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलगायतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र संस्थागत हुने जिकिर गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया