बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

गुल्मीको गौंडाकोटबाट तम्घासका लागि छुटेको बा ११ च ८८०३ नम्बरको बोलेरो जीप रेसुङ्गा नगरपालिका–१३ भंगारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा रेसुंगा नगरपालिका-३ का ३६ वर्षका बाबुराम पन्थीको मृत्यु भएको हो । जीप चालक इस्मा गाउँपालिका–२ का ३४ वर्षका डम्मर कुवँर घाइते भएका छन् । उहाँको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया