शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रदेश नम्बर २ अन्तर्गतका तीन उप-महानगरपालिकामा मतगणना भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार बाराको कलैया र जितपुर-सिमरा दुवै उप-महानगरमा एमाले अगाडि छ । कलैयाको प्रमुखमा एमालेका उम्मेदवार विनोद साहले ५ हजार ३ सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले ४ हजार ८ सय ९० र कांग्रेसका राजेशराय यादवले ५ हजार ७२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै जितपुर-सिमरा उप-महानगरको प्रमुखमा एमालेका तर्फबाट कृष्ण पौडेलले १३ हजार २७ मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ । कांग्रेसका कृष्णव्रत सिंहले १० हजार ७ सय १९ र माओवादी केन्द्रका राजन पौडेलले १० हजार ३ सय मत प्राप्त गर्नुभएको छ ।

यस्तै धनुषाको जनकपुर उप-महानगरपालिकामा राजपाको अग्रता कायम छ । प्रमुखमा राजपाका उम्मेदवार लालकिशोर साहले १६ हजार २८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मनोज साहले ७ हजार ९५ र नेकपा एमालेका लक्ष्मीनारायण भगतले २ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया