बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – इरानले नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ ।

तेहरानमा एउटा सैनिक परेडमा खूरामशार क्षेप्यास्त्रलाई शुक्रवार सार्वजनिक गरिएको थियो । उक्त क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म मार हान्न सक्ने अधिकारीहरुले बताएका छन् ।

त्यहाँको सरकारी टेलिभिजनले क्षेप्यास्त्र परीक्षणका फूटेजहरु प्रसारण गरेको थियो । यसअघि इरानले गत जनवरीमा खूरामशार क्षेप्यास्त्रको परीक्षण गरेको थियो तर मध्यमार्गमै त्यो विस्फोट भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेको केही दिनपछि इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो ।

तर इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रमको बचाउ गर्दै आएको छ । इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षा गर्ने प्रयोजनका निम्ति भएको बताएका छन् । बीबीसी

तपाईको प्रतिक्रिया