शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सुन्दैमा अपत्यारिलो तथा कहालीलाग्दो घटना चीनमा भएको छ । जसले मानवतालाई नै लज्जित बनाएको छ ।

यो मामिलामा कसलाई दोष दिने ? जवाफ दिन गाह्रो छ । चीनको यिबिन सहरमा एक १२ वर्षीया बालिकाले बच्चा जन्माइन् अनि जन्माएको बच्चालाई झाडीमा फ्याँकिन् । ती १२ वर्षे बालिका असहाय थिइन् । उनलाई बाबु-आमाले छाडेका थिए ।

स्थानीय पुलिसका अनुसार बालिकाको त्यहीँ अवस्थाको कसैले फाइदा उठायो र उनलाई बलात्कार गरी गर्भवती बनायो । यसरी बलात्कृत भएपछि गर्भ रहन्छ र बच्चा जन्मिन्छ भन्ने कुरा बालिकालाई थाहा थिएन, त्यसैले उनले आफुलाई कसैले बलात्कार गरेको कुरा कसैलाई भनिनन् । अन्ततः ५ कक्षामा पढ्ने ती बालिकाले बच्चा जन्माइन् र कसैलाई पनि नभनीकन झाडीमा फ्याँकिन् ।

तर केही मानिसले त्यो बच्चा देखे । बच्चालाई तत्कालै अस्पताल लगियो । पुलिसले बच्चाको आमाको खोजी गर्यो । अन्ततः ती १२ वर्षे बालिकाले बच्चा जन्माएको पत्ता लाग्यो ।समाचार अनुसार, सहरका मानिसहरुले उक्त बच्चाको उपचारका लागि धनदान गरिरहेका छन् ।

आमा र बच्चा दुबै स्वस्थ भएसँगै उनीहरुलाई अनाथाश्रम पठाइनेछ । यी बालिका आमालाई कसले गर्भवती बनाएको हो भन्ने कुराको खोजी पुलिसले गरिरहेको जनाएको छ । स्मरण रहोस्, चीनमा झण्डै ९० लाख बालबालिकालाई उनका बुवाआमाले छाडेका छन् ।

बुवा-आमा जागिरको खोजीमा अन्यत्र जाँदा बालबालिका असहाय हुने गरेका छन् । कतिपय बच्चालाई घरका अन्य सदस्यले पालेका हुन्छन् त कतिपय असहाय नै हुन्छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया