बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

बारा – विवादका कारण पाँच दिनदेखि रोकिएको बारागढी गाउँपालिकाको मतगणना आजबाट सुरु गरिएको छ ।

गनिएको मतपत्र फेरि गन्ने र गणक परिवर्तन गर्ने सहमतिपछि पुनः गणना सुरु गरिएको निर्वाचन अधिकृत रमेश घिमिरेले बताउनुभयो । केही दलका प्रतिनिधिहरुको रोहबरमा मत पेटिका नखोलिएकोले प्रमुख दल एमाले, काँग्रेस र माओवादीका प्रतिनिधिहरुले वडा ६ मा पुनस् मतदान गराउने अडान लिएका थिए ।

संघीय समाजवादी फोरम र राजपालगायत ६ दलले मत गणनाको पक्षमा थिए । दुबै पक्षमा विवाद भएपछि गणना रोकिएको थियो । स्थानीय प्रशासन, निर्वाचन आयोगको सुझाव तथा पटकपटकको सर्वदलीय र सर्वपक्षीय बैठकले मतगणना गर्ने सहमति भए अनुसार गणना सुरु गरिएको छ ।

सुरुको गणना अनुसार प्रमुख र उपप्रमुख पदमा काँग्रेसले क्रमशस् ५ सय ३ र ४ सय ९५ मत पाएर अग्रता लिएको थियो । संघीय फोरम ४ सय १ मतले दोस्रो र एमालेले ३ सय ९९ मत पाएर तेस्रो स्थानमा थिए ।

तपाईको प्रतिक्रिया