बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको १ सय ७ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । अब २९ वटा तहको मात्र नचिजा आउँन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

परिणामअनुसार हालसम्म कांग्रेसले ३३ तहमा जित हासिल गरेको छ भने २० तह जितेर फोरम दोस्रो स्थानमा उक्लिएको छ भने १९ तह जितेको माओवादी केन्द्र तेस्रो स्थानमा छ । राजपा १८ तहमा विजयी हुँदा एमालेले ११ स्थानमा चित्त बुझाएको छ ।

लोकतान्त्रिक फोरमले हालसम्म ३ तह जितेको छ भने नेपाली जनता दल र नयाँ शक्तिले १-१ तह जितेर खाता खोलेका छन् ।

कांग्रेस ३३ तहमा विजयी
१. नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष
२. औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष
३. धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष
४. जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष
५. विष्णुपुर गाउँपालिका, सप्तरी– निलाम्बर यादव, अध्यक्ष
६. परोहा गाउँपालिका, रौतहट– शेख वकिल, अध्यक्ष, कांग्रेसकै सुगान्धी गिरी, उपाध्यक्ष
७. बेल्ही चपेना गाउँपालिका, सप्तरी– परमानन्द यादव, अध्यक्ष, पुष्पमालाकुमारी मण्डल, उपाध्यक्ष
८. करैयामाई गाउँपालिका, बारा– भुमेश्वर चौधरी, अध्यक्ष, चित्ररेखा चौधरी, उपाध्यक्ष
९. रामनगर गाउँपालिका, सर्लाही– कृष्णप्रसाद बर्मा, अध्यक्ष, नितुदेवी यादव, उपाध्यक्ष
१०. धनौजी गाउँपालिका, धनुषाका– बद्रिनारायण सिंह, अध्यक्ष र रामवती देवी मण्डल, उपाध्यक्ष
११. हरिपुर्वा नगरपालिका, सर्लाही– सियाराम राय, प्रमुख, चन्द्रकलादेवी, उपप्रमुख
१२. लोहारपट्टि नगरपालिका, महोत्तरी– शैलेन्द्रकुमार यादव, प्रमुख, सरिता शर्मा उप्रमुख
१३. गढिमाई नगरपालिका, रौतहट– श्यामप्रसाद यादव, प्रमुख,  समुद्रा गुप्ता, उपप्रमुख
१४. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा– योगेन्द्र पजियार, प्रमुख, रचना श्रेष्ठ, उपप्रमुख
१५. रामनगर गाउँपालिका, सर्लाही– कृष्णप्रसाद वर्मा, अध्यक्ष, नितुदेवी यादव, उपाध्यक्ष
१६. निजगढ नगरपालिका, बारा– सुरेश खनाल, प्रमुख, उपप्रमुखमा एमालेका लिलादेवी लामिछाने
१७. बलवा नगरपालिका, महोत्तरी– विनोदकुमार यादव, प्रमुख रितादेवी झा, उपप्रमुख, राजपा
१८. नगराइन गाउँपालिका धनुषा– परमेश्वर यादव, अध्यक्ष, रञ्जुकुमारी साह, उपाध्यक्ष
१९. पर्सागढी गाउँपालिका, पर्सा– नारायण यादव, अध्यक्ष, अर्चना, चौधरी, उपाध्यक्ष
२०. चन्द्रपुर नगरपालिका, रौतहट– रामचन्द्र चौधरी, प्रमुख, उप्रमुखमा एमालेकी रामरति चौधरी
२१. धनुषाधाम नगरपालिका, धनुषा, बालेश्वर मण्डल, प्रमुख, विद्यादेवी भुजेल, उपप्रमुख
२२. फतुवा विजयपुर नगरपालिका, रौतहट– गोपाल राय यादव, प्रमुख
२३. राजदेवी नगरपालिका, रौतहट– धिरेन्द्रकुमार सिंह, प्रमुख, अंशु सिंह, संघीय समाजवादी फोरम, उपप्रमुख
२४. बसबरिया नगरपालिका, सर्लाही– रामअयोध्या यादव, प्रमुख उप्रमुखमा राजपाका रिनाकुमारी यादव
२५. अग्नीसाइर कृष्णासवरन गाउँपालिका– सप्तरी, परशुराम चौधरी, अध्यक्ष, मिना चौधरी, उपाध्यक्ष
२६. सिम्रौनगढ नगरपालिका, बारा– विजयशंकर यादव प्रमुख, उपप्रमुखमा राजपाकी रिमा देवीे
२७. कमला नगरपालिका, धनुषा– उदगार गोइत प्रमुख, शीलादेवी मण्डल, उपप्रमुख
२८. सुरुंगा नगरपालिका, सप्तरी– मुक्तिनाथ चौधरी, प्रमुख
२९. राजपुर नगरपालिका, रौतहट– मो. सकिल अख्तर, प्रमुख, उपप्रमुखमा नेपाली कांग्रेसकी जफिरा खातुन
३०. दुर्गा भगवती गाउँपालिका, रौतहट– अरुण साह, अध्यक्ष, मञ्जु साह, उपाध्यक्ष
३१. वृन्दावन नगरपालिका, रौतहट– रामस्नेही यादव, प्रमुख, नुर जाहान, उपप्रमुख
३२. कल्याणपुर नगरपालिका, सिरहा– सूर्यनाथ मण्डल, प्रमुख, रोहनीकुमारी यादव, उपप्रमुख
३३. धोविनी गाउँपालिका, पर्सा– सुरेश कुर्मी, अध्यक्ष, उपाध्यक्षमा संघीय समाजवादीका पारसनाथ कुर्मी

संघीय समाजवादी फोरम २० तहमा विजयी
१. विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष
२. भगवानपुर गाउँपालिका, सिरहा– बेचनप्रसाद यादव, अध्यक्ष, सीतादेवी यादव, उपाध्यक्ष
३. पर्सा गाउँपालिका, सर्लाही– किसुनदेव राय, अध्यक्ष, इन्द्रकलादेवी, उपाध्यक्ष
४. विन्ध्यवासिनी गाउँपालिका, पर्सा– श्रीलाल कानु, अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसकी किरणदेवी गुप्ता
५.सोनमा गाउँपालिका, महोत्तरी– रामकुमार यादव, अध्यक्ष, विभादेवी साह, उपाध्यक्ष
६. देवाही–गोनाही नगरपालिका, रौतहट– धर्मेन्द्र पटेल, प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रकी परनिया देवी
७. गणेशमान चारनाथ नगरपालिका, धनुषा– रामबाबु यादव, प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रकी मिनादेवी यादव
८. तिरहुत गाउँपालिका, सप्तरी– हेमन्त यादव, अध्यक्ष, तीर्थमाया मण्डल, उपाध्यक्ष
९. लक्ष्मिनियाँ गाउँपालिका, धनुषा– विन्देश्वरी यादव, अध्यक्ष, इन्द्रकलादेवी यादव, उपाध्यक्ष
१०. फेटा गाउँपालिका, बारा–अमिरीलाल प्रसाद, अध्यक्ष, कमरुल खातु, उपाध्यक्ष
११. पपचरौता नगरपालिका, बारा– रमेशकुमार यादव प्रमुख, उपप्रमुखमा राजपाका इन्दुकुमारी
१२. बोधीमाइ नगरपालिका, रौतहट– राजिवरञ्जन यादव प्रमुख, प्रेमलता कुशवाह, उपप्रमुख
१३. माधव नारायण नगरपालिका– रौतहट– वीरेन्द्रप्रसाद यादव, प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रकी सिमलकुमारी साह
१४.बिहुलबलान गाउँपालिका–सप्तरी, दयानन्द गोइत, अध्यक्ष, रुवी गुप्ता, उपाध्यक्ष
१५. बरियापट्टी गाउँपालिका– सिरहा– सन्तोषकुमार महतो, अध्यक्ष, रेखाकुमारी यादव, उपाध्यक्ष
१६. सुवर्णपुर गाउँपालिका, बारा– महेन्द्र यादव, अध्यक्ष, कविता यादव, उपाध्यक्ष
१७. महादेवा गाउँपालिका, सप्तरी–  दीपककुमार यादव, अध्यक्ष, ममताकुमारी यादव, उपाध्यक्ष
१८. पकाहा–मैनपुर गाउँपालिका, पर्सा– विजय चौरसिया, अध्यक्ष, कुसमीदेवी, उपाध्यक्ष
१९. लक्ष्मीपुर पुतारी गाउँपालिका, सिरहा– रामवल्लभ साह, अध्यक्ष, आशादेवी यादव, उपाध्यक्ष
२०. बोधेबरसाइन नगरपालिका, सप्तरी– आतेशकुमार सिंह, प्रमुख, रञ्जुकमारी साह तेली, उपाध्यक्ष

माओवादी केन्द्र १९ तहमा विजयी
१. कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख
२.अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष
३. ठोरी गाउँपालिका, पर्सा– पद्मलाल श्रेष्ठ, अध्यक्ष, शान्तिमाया थिङ, उपाध्यक्ष
४. मौलापुर नगरपालिका, रौतहट– रीनाकुमारी साह, प्रमुख गौरीशंकरप्रसाद, उपप्रमुख
५. औरही गाउँपालिका, सिरहा–सिदार्थ यादव, अध्यक्ष र देवझरी देवी यादव, उपाध्यक्ष
६. गौशाला नगरपालिका, महोत्तरी– शिवनाथ महतो, प्रमुख, आशा लामा, उपप्रमुख
७. साम्सी गाउँपालिका, महोत्तरी– फारुख शेख, अध्यक्ष, नागिनादेवी यादव, उपाध्यक्ष
८. मिर्चैया नगरपालिका, सिरहा– श्रवणकुमार यादव, प्रमुख, विजछी देवी, उपप्रमुख
९. यमुनामाइ गाउँपालिका, रौतहट– श्रीप्रसाद मुखिया विन, अध्यक्ष, गितादेवी साह, उपाध्यक्ष
१०. छिपहरमाइ गाउँपालिका, पर्सा– मनोजकुमार, अध्यक्ष, मोदिना खातुन, उपाध्यक्ष
११. धनगढी नगरपालिका, सिरहा– हरिनारायण चौधरी, प्रमुख, फूलकुमारी श्रेष्ठ, उप्रमुख
१२. रामगोपालपुर नगरपालिका, महोत्तरी– अशोककुमार मण्डल, प्रमुख, सीतादेवी साह, उपप्रमुख
१३. सहिद नगरपालिका, धनुषा– उदयकुमार यादव, प्रमुख, शीलादेवी कापरी, उपप्रमुख
१४. बागमती नगरपालिका, सर्लाही– भरतकुमार थापा, प्रमुख, लिलाकुमारी मोक्तान उपप्रमुख
१५. चक्रघट्ट नगरपालिका, सप्तरी– विक्रम यादव, प्रमुख
१६. गोलबजार नगरपालिका, सिरहा– देवनाथ साह, प्रमुख, रेशमाकुमारी थापा, उपप्रमुख
१७. विदेह नगरपालिका, धनुषा– वेचनदास तत्मा, प्रमुख, नीलकुमारी देवी उपप्रमुख
१८. जगन्नाथपुर गाउँपालिका, पर्सा– जालिम मियाँ, अध्यक्ष, उपाध्यक्षमा संघीय समाजवादीकी विशमिला खातुन
१९. बर्दिबास नगरपालिका, महोत्तरी, विदुर कार्की प्रमुख, कृष्णमाया गौतम, उपप्रमुख

राजपा १८ तहमा विजयी
१. हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख
२. कौडेना गाउँपालिका, सर्लाही– रामप्रसाद राय यादव, अध्यक्ष, सुनितादेवी, उपाध्यक्ष
३. देवतालका गाउँपालिका, बारा–राजपाका चन्दन सिंह, अध्यक्ष रामपतिदेवी महतो, उपाध्यक्ष
४. महोत्तरी गाउँपालिका, महोत्तरी–राजपाका सुनिल यादव, अध्यक्षमा र सीतादेवी साह, उपाध्यक्ष
५. डाक्नेश्वरी नगरपालिका, सप्तरीको– शिवनारायण साह प्रमुख, र इन्दुदेवी चौधरी, उपप्रमुखमा ।
६. रुपनी गाउँपालिका, सप्तरी– हरेराम यादव, अध्यउक्ष, बेचनीदेवी सरदार, उपाध्यक्ष
७.  ब्रम्हपुरी गाउँपालिका, सर्लाही– विनोदकुमार साह, अध्यक्ष, गीतादेवी, उपाध्यक्ष
८. मटिहानी नगरपालिका, महोत्तरी– हरिप्रसाद मण्डल, प्रमुख,
९.परवानीपुर नगरपालिका, पर्सा– हरिनारायण शाह, प्रमुख, सावित्रीदेवी पटेल, उपाध्यक्ष
१०. एकडारा गाउँपालिका, महोत्तरी– रामचविला साह अध्यक्ष, माजवी खातुन, उपाध्यक्ष
११. गौर नगरपालिका, रौतहट– अजय गुप्ता, प्रमुख, किरण ठाकुर, उप्रमुख
१२. भंगाहा नगरपालिका, महोत्तरी– सञ्जिवकुमार साह, प्रमुख, गंगाकुमारी सिंह दनुवा, उपप्रमुख
१३. गुजरा नगरपालिका, रौतहट– सन्तलालप्रसाद चौधरी, प्रमुख, रौसन खातुन, उपप्रमुख
१४. बलरा नगरपालिका, सर्लाही– अभयकुमार सिंह, प्रमुख
१५. तिलाठी कोइलाडी गाउँपालिका, सप्तरी– सतिशकुमार सिंह, अध्यक्ष, सचिता यादव, उपाध्यक्ष
१६.चन्द्रनगर गाउँपालिका, सर्लाही– महेन्द्र महतो, अध्यक्ष, विनादेवी साह, उपाध्यक्ष
१७. गोडैटा नगरपालिका, सर्लाही– देवेन्द्रकुमार यादव, प्रमुख, अन्जना कुशवाहा, उपप्रमुख
१८. जलेश्वर नगरपालिका, महोत्तरी– रामशंकर मिश्र, प्रमुख, मुनसुनदेवी चौधरी, उपप्रमुख

एमाले १२ तहमा विजयी
१. बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख
२. सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख
३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष, उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता महतो
४. मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष, मीरादेवी महतो, उपाध्यक्ष
५. नरहा गाउँपालिका, सिरहा– रामशरण यादव, अध्यक्ष, गुलावदेवी चौधरी, उपाध्यक्ष
६. सखुवानान्कारकट्टि गाउँपालिका, सिरहा– केदारनाथ यादव, अध्यक्ष, अमला यादव, उपाध्यक्ष
७. मिथिला विहारी नगरपालिका, धनुषा– अनिलकुमार यादप, प्रमुख, अनिता कुमारी, उपप्रमुख
८. सुखीपुर नगरपालिका, सिरहा– रामअवतार यादव, प्रमुख, रेणुदेवी साह, उपप्रमुख
९. लहान नगरपालिका, सिरहा– मुन्नी साह, प्रमुख, सरियार चौधरी, उपप्रमुख
१०. मिथिला नगरपालिका– धनुषा– हरिनारायण महतो, प्रमुख, ताराकुमार बस्नेत, उपप्रमुख
११.लालबन्दी नगरपालिका, सर्लाही– मानबहादुर खड्का, प्रमुख, शान्तिकुमारी लामा, उपप्रमुख
१२. हरिवन नगरपालिका, सर्लाही– गणेश प्रसाईं, प्रमुख, रेणुका पौडेल, उपप्रमुख

नेपाल लोकतान्त्रिक फोरम ३ तहमा विजयी
१. ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता,  प्रमुख,  हुसनी आरा खातुन, उपप्रमुख
२. विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष,
३. विश्रामपुर गाउँपालिका, बारा– अमेरीलाल राउत, अध्यक्ष, सुमित्रादेवी, उपाध्यक्ष

नेपाली जनता दल १ तहमा विजयी
१. कालिकामाई गाउँपालिका, पर्सा– नथुनी कुशवाह अध्यक्ष,  उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया

नयाँ शक्ति १ तहमा विजयी
१. छिन्नमस्ता गाउँपालिका– सप्तरी– सूर्यनारायण मण्डल अध्यक्ष, उपाध्यक्षमा राजपाकी उषादेवी

महानगर र उपमहानगर बाहेकका नतिजा ‘आज’
निर्वाचन आयोगले आज साँझसम्म एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका बाहेकका सबै तहको मतगणना सकिने जनाएको छ ।

१२ सय ७१ वडामध्ये करिब ८५ प्रतिशत वडाको मतगणना सकिएकाले महानगर र उपमहानग बाहेकका सबै तहको नतिजा आजै आउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

गत सोमवार प्रदेश नं।२ मा भएको तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने आयोगले नै लिएको लक्ष्यको समयसीमा आज सकिंदैछ । निर्धारित समयमै मतगणना थालनी गरिएको भएपनि राजनीतिकबीचको विवादका कारण मतपरिणाम आउन ढिलाई भएको प्रवक्ता ढकालले बताउनुभयो ।

यसअघिका दुई चरणमा भएको ढिलाईसँगै बढेको आलोचनालाई मध्यनजर गर्दै तेस्रो चरणमा ३२८ मतगणना टोली परिचालन गरिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया