शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

पर्सा – पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल साह कानु अध्यक्षमा विजयी हुनुभएको छ ।

साहले २ हजार ६ सय ११ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसियाले २६०३ मत प्राप्त गर्नुभयो । साह ८ मतको झिनो अन्तरले विजयी हुनुभएको हो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार किरण देवी विजयी हुनुभएको छ । २९१३ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्वी फोरम नेपालकी उर्मिला देवीलाई ८०६ मतको अन्तरले पराजित गरेकी हुन ।

त्यसैगरी गाउँपालिकाको ५ वडामा नेपाली कांग्रेसले २ वटा, नेकपा एमालेले २ वटा र राष्ट्रिय जनता पार्टीले एउटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकृत राज कुसवाहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया