शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा आज तामिलनाडु ए संग प्रतिस्पर्धा गर्दैछ । खेल चेन्नईस्थित मुरुगप्पा क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

यसअघिका दुई अभ्यास म्याचमा सहज जित हात पारेको नेपाल आज पनि जितको श्रृंखलालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रनेछ । यद्यपी यो टोली यसअघिका टोली भन्दा बलियो टोली हो । तामिलनाडु ए टोलीका केहि सदस्यले चर्चित रन्जी ट्रफि समेत खेलेकाले सो टोलीबिरुद्धको खेलले नेपालको वास्तविक परीक्षण हुनेछ ।

वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हङकङबिरुद्ध आगामी असोज २७ र २९ गते हुने छैटौं चरणको खेलका लागि नेपाली टोली साताअघिबाट भारत भ्रमणमा छ ।

तपाईको प्रतिक्रिया