शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भुटानमा जारी यु-१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २-० ले हराएको छ ।

शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए । नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १-० ले पराजित भएको थियो ।

नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी प्रतियोगितामा ५ राष्ट्र सहभागी छन् । ‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।

नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया