बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – मारिया समुद्री आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको ज्यान गएको छ । अरु २० जना हराइरहेका छन् ।

मारिया आँधीले क्यारेबियन क्षेत्रमा क्षति गरिरहेको छ । मारिया आँधी क्याटेगोरी फोरको भएपनि मानवीय क्षति भने तुलनात्मक रुपमा कम भएको र यो चमत्कार नै रहेको त्यहाँका प्रधानमन्त्री रोसीभेल्त स्केरिटीले बताउनुभएको छ ।

मारिया आँधी सोमबार डोमिनिका पुगेको थियो । आँधीका कारण सयौं घरमा क्षति पुगेको छ । आँधीले त्यसपछि पोर्टो रिकोमा क्षति गरेको थियो । आँधीका कारण पोर्टो रिकोभरि बिजुलीको आपूर्ति बन्द भएको छ ।

मारिया आँधीले क्यारेबियन क्षेत्रका टापु राष्ट्रमा ठूलो क्षति गरेको छ । यसअघि हार्बी आँधीले यो गएको महिना क्यारेबियन क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

 

तपाईको प्रतिक्रिया