शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको “कुकुरको आवाज”को संज्ञा दिएका छन् ।

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई “नष्ट गरिदिने” चेतावनी दिएका थिए । उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।

‘सपना’

उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, “एउटा भनाइ छ: ‘कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ’।”

“यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन्।” उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्।”

उत्तर कोरियालाई नष्ट गर्ने ट्रम्पको चेतावनी

त्यसप्रति प्रतिक्रिया माग्दा उत्तर कोरियाली विदेश मन्त्री रिले भने, “म उनका सहयोगी र सल्लाहकारप्रति दु:ख व्यक्त गर्न चाहन्छु ।”

रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो । लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो ।

महासभामा डोनाल्ड ट्रम्पले के के भने ?

बीबीसीबाट..

तपाईको प्रतिक्रिया