बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं –  धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी हुनु भएको छ भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी हुनु भएको हो । उहाँहरुका प्रतिद्वन्द्वी राजपाका जीवेन्द्र झाले १९३७ र निर्मला देवी मण्डलले १८४३ मत ल्याउनु भयो ।

यस्तै सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद बर्मा ३९८३ मत र उपाध्यक्षमा नितुदेवी यादव ३९५७ मत ल्याएर विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया