बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नम्बर-२ मा भएको निर्वाचनको २५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार कांग्रेस ८, एमाले ४, राजपा ४ र नेकपा माओवादी केन्द्र ४ स्थानीय तहको प्रमुख अध्यक्षमा विजयी भएका छन् । यस्तै, संघीय समाजवादी फोरम नेपाल ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएका छन् ।

प्राप्त पछिल्लो परिणामअनुसार सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका किशुनदेव राय विजयी हुनु भएको छ भने उपाध्यक्षमा समाजवादी फोरमकै इन्द्रकलादेवी विजयी हुनु भएको छ ।

यस्तै, सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थदास यादव र उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सीतादेवी यादव विजयी हुनु भएको छ । यता, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयरमा राजपाका शिवनारायण साह र उपमेयरमा राजपाकै इन्दुदेवी यादव विजयी हुनु भएको छ ।

बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दनकुमार सिंह र उपाध्यक्षमा राजपाकै रामपतिदेवी महतो विजयी हुनु भएको छ ।

कुन दलले कहाँ जिते ?

नेपाली कांग्रेस

१)रौतहटको परोहा नगरपालिका

२)सप्तरीको विष्णुपुर गाउँपालिका

३)धनुषाको जनक नन्दनी गाउँपालिका

४)सिरहाको नवराजपुर गाउँपालिका

५)धनुषाको औरही गाउँपालिका

६)सर्लाहीको धनकौल गाउँपालिका

७‍) बाराको करैयामार्इ गाउँपालिका

८)सप्तरीको बेल्ही चपेन गाउँपालिका

नेकपा एमाले

१)सप्तरीको सप्तकोशी नगरपालिका

२)धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका

३)धनुषाकै बाटेश्वर गाउँपालिका

४)पर्साको पटेर्बा सुगौली गाउँपालिका

नेकपा माओवादी केन्द्र

१)सिरहाको कर्जन्हा नगरपालिका

२)सिरहाको अर्नामा गाउँपालिका

३)पर्साको ठोरी गाउँपालिका

राजपा नेपाल

१)धनुषाको हंशपुर नगरपालिका

२)सर्लाहीको कौडेना गाउँपालिका

संघीय समाजवादी फोरम

१)सिरहाको विष्णुपुर गाउँपालिका

२)सिरहाको भगवानपुर गाउँपालिका

नेपाल लोकतान्त्रिक फोरम

१)सर्लाहीको विष्णु गाउँपालिका

२)रौतहटको इशानाथ नगरपालिका

तपाईको प्रतिक्रिया