बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं –  चलचित्र ‘२ रुपैयाँ’ को निर्माण पक्षले दुई रुपैयाँको नोट मै चलचित्र दुई रुपैयाँ हेर्न सक्ने अफर ल्याएको छ । निर्माण पक्षले बिहीबार र सोमबार क्यूएफएक्स कुमारीमा र जय नेपालमा १५०/ १५० जनालाई निर्माण पक्षले चलचित्र देखाइएको जनाएको छ ।

थप दुई हलमा दुई रुपैयाँ मै चलचित्र देखाउन लागिएको निर्माण पक्षले जनाएको छ । बुधबार अस्टनारायण हलमा ११ः३० बजेको शोमा १०० जना र सुन्धारा स्थित सी.डी.सी सिनेमाजमा २ः३० शोको लागि ५० जनालाई २ रुपैयाँको अफर ल्याइएको छ ।

असिम शाहले निर्देशन गरेको चलचित्रमा आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया