शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नमुना संकलन गरिएको पानीको जार सरकारी निकायमै थन्काएर राखेको रहस्य खुलेको  छ । संकलित पानीको जार नमुना परीक्षणका लागि ल्याए पनि एक बर्षसम्म आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमै थन्किएको छ ।

सरकारी निकायले अनुगमनका क्रममा जारको पानीको नमुना संकलन गरे पनि पानीको अवस्थाका बारेमा पानी उत्पादक कम्पनीलाई जानकारी गराएको पाइएको छैन । नमुना परीक्षणको नतिजा विभागले बाहिर सार्वजनिक नगर्दा उपभोक्ता कस्तो पानी खाइरहेका छौं भन्नेमा अनभिज्ञ छन् ।

तपाईको प्रतिक्रिया