शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको मृत्यु भएको पुष्टि भएको सिएनएनले जनाएको छ ।

मृत्यु हुनेमा २० भन्दा बढी बालबालिका रहेको राष्ट्रपति एन्ड्रिक पेन्ना निएटोले जानकारी दिए । यस्तै एउटा विद्यालय भत्किँदा ३० जना बालबालिका हराएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ । भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो । मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । भूकम्पका कारण अहिलेसम्म मृत्यु भएका मध्ये कम्तिमा ७२ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा ४३ जनाको ज्यान गएको छ । यस्तै मेक्सिको सिटीमा एक सय १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै अरु ठाउँमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । १० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको हो ।

तपाईको प्रतिक्रिया