बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – भूतपूर्व राष्ट्रिय खेलाडी नविन गुरुङ्गको अध्यक्षतामा भलिबल संघ जापान गठन भएको छ ।जापानमा रहेर भलिबल खेलमा सक्रिय खेलाडीहरुको सक्रियतामा भएको कमिटी गठन कार्यक्रममा जापानका सामाजिक संस्था, पत्रकार, एनआरएनए जापानका प्रतिनिधि र राजनीतिक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संघको बरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भिक्टर ठाडा मगर, भरत मल्ल, हितु थापा, महेन्द्र भण्डारी, महेन्द्र सहानी, राम मल्ल, देव के.सी, कुलबीर थापा, देवेन्द्र के.सी, अमृत आचार्य, राम लमिछाने, कमल थापा, प्रकाश चन्द्र जोसी, जीवन खड्का, राजु बस्नेत, काले भाइ, रामु थापा, अमर भण्डारी र केशव केसी रहेका छन् ।

त्यसैगरी बरिष्ठ सल्लाहकारमा श्रीभक्त गुरुङ्ग, रत्न बस्नेत, परशुराम बस्नेत रहेका छन् । सल्लाहकारहरू हिमाल कँडेल, हिरा शेरचन, घम्बिर भण्डारी, कान्छा गुरुङ्ग, गिरी प्रसाद शेरचन, सबिता श्रेष्ठ र पुष्करजंग थापा रहेका छन । उक्त कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहनुभएको थियो ।

जनसम्पर्क समिति जापानका उपसभापति पुष्करजङ्ग थापा, ओेएन एफ जापानका परशुराम बस्नेत, एनआरएनए आइसीसी महिला प्रतिनिधि सबिता श्रेष्ठ, तमुधि जापानका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल सङ्घका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ्ग, गल्कोट समाजका सल्लाहकार चन्द्र बहादुर खत्री लगायतले संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । नबिन गुरुङ्गकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे सन्चालन मुक्ति सुवेदीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संस्थाको विकासको निम्ति सहयोग गर्नुहुने चन्द्र बहादुर खत्री, हिमाल कंडेल, श्रीभक्त गुरुङ्ग, शिव प्रसाद पौडेल, पुष्करजङ्ग थापा, परशुराम बस्नेत, नर बहादुर थापा, लोकेश खत्री, नबिन गुरुङ्ग र सबिता श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

हिजै बसेको कमिटीको पहिलो बैठकले संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत जापानमै रहेका नेपालीहरुबिच पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने, सदस्यता वितरण कार्यलाई विस्तार गर्ने र आधिकारिक रुपमा नेपालमा दर्ता प्रक्रिया अगाडि बढाउने लगायतका निर्णयहरू पनि गरेका छन् । कार्यक्रम टोकियो सिनअाेकुवाेस्थित साेलमारी रेष्टुरेन्टकाे सभाहलमा सम्पन्न भएकाे थियाे ।***

तपाईको प्रतिक्रिया