बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीले रोहिंग्या संकटलाई लिएर अन्तर्राष्ट्रिय रुपमा भइरहेको टिप्पणीबाट आफ्नो सरकार त्रसित नहुने बताउनुभएको छ । राखिने राज्यमा हिंसा शुरु भएयता पहिलो पटक सम्बोधन गर्दै नेतृ सूचीले द्वन्द्वमा परेका सर्वसाधारणप्रति गहिरो सहानुभूती रहेको उल्लेख गर्नुभयो ।

उहाँले सो समस्याको दिगो समाधान खोज्न प्रतिबद्ध रहेको समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको न्यूयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सहभागि नहुने निर्णय गरेकी सूचीले संसदमा सम्बोधन गर्दै आफ्नो सरकारले गरेको कामबारे अन्तर्राष्ट्रिय समुदायमा जानकारी गराउन चाहेको बताउनुभयो ।

मानव अधिकारको उल्लंघन र गैरन्यायीक हिंसाको आफ्नो सरकारले सदैव निन्दा गर्ने सूचीको भनाई थियो । यद्यपी सम्बोधनका क्रममा सूचीले रोहिंग्याविरुद्धको सैन्य दमनबारे नबोलेको भन्दै उनको सर्वत्र आलोचना भएको छ । गत अगष्टमा राखिने राज्यस्थित एक प्रहरी चौकीमा आक्रमण हुँदा १२ जनाको मृत्यु भएपछि हिंसा शुरु भएको हो ।

सो आक्रमण नवगठित रोहिंग्या लडाकु समुहले गराएको आशंकामा सरकारी सुरक्षाफौजले कारवाही तीब्र पारेको छ । जसका कारण करिब ४ लाख रोहिंग्या भागेर बंगलादेश पुगेका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया