बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपालका लागि सामसङको अधिकृत विक्रेता सामसङ इलेकट्रोनिक्सले सामसङ ग्यालेक्सी नोट ८ नेपालमा पनि सार्वजनिक गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नोट ८ मा १२ मेगा पिक्सेलको डुयल क्यामरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

एन्ड्रोएड ७.१ अपरेटिङ सिस्टम रहेको नोट ८ मा ग्राहकको आवश्यकताअनुसारका विशेषता रहेको नेपाल कार्यालयका डेपुटी जनरल म्यानेजर प्रणयरत्न स्थापितले बताउनुभयो ।

आगामी असोज २४ गतेदेखि बजारमा उपलब्ध हुने पनि स्थापितले बताउनुभयो । मोबाइलको बजार मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ । बैंकमार्फत् किस्ताबन्दी योजनामासमेत खरिद गर्नसकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया