बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच बर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।

राजधानीको कपन बालुवाखानीमा उनीहरु अस्थाइ टहरा बनाएर पाँचबर्ष यता शरण लिइरहेका छन् । अहिले उनीहरुको संख्या झन्डै पाँचसय पुग्न लागेको छ ।शरण लिइरहेका रोहिंग्याहरुका अनुसार एकमहिनामा मात्रै शिविरमा १३ जना थपिएका छन् । यद्यपी, संख्या बढ्दै गएका बारे सरकार जानकार छैन् ।

रोहिंग्याहरु कसरी राजधानीसम्मै आएर निजी जग्गामा टहरा बनाएर बस्न सफल भए भन्नेमा सरकार अनभिज्ञ छ । रोहिंग्यालाई खाद्यान्न सहयोग राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयले गरिरहेको छ ।

नेपालले सीमाबाटै केही रोहिंग्यालाई फर्काउन समेत थालेको छ ।वीरगन्ज नाकाहुँदै नेपाल छिर्न खोजेका सात जना रोहिंग्यालाई आइतबार स्थानीय प्रशासनले फिर्ता पठाएको थियो ।

तपाईको प्रतिक्रिया