शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं सार्वजनिक भएको छ । कला संस्कृतिलाई जगेर्ना गर्दै एक पछि अर्को मौलिक गीतलाई फरक शैलीमा बजारमा ल्याउन सफल मञ्जु पौडेलले यो गीतमा पनि निकै मेहनत गरेको बताउनुभयो ।

हिन्दुहरूको महापर्व बडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान यो फरक तर मौलिक गीत बनाएको उहाँको भनाई छ । एमएस म्युजिकले बजारमा ल्याएको गीतमा मञ्जु पौडेल र लोकनाथ सापकोटाको स्वर रहेको छ भने गीतमा लोकनाथ सापकोटाले नै सङ्गीत भर्नु भएको छ ।

गायक गायिका आफै अभिनय गरेको उक्त गीतको भिडियो पनि दर्शक स्रोताले असाध्यै रुचाएका छन् ।

 

तपाईको प्रतिक्रिया