शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

रिक्त ६ स्थानमा पदपूर्ती

टोकियो – नेपाली साझा समाज जापानको तेस्रो अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई पूर्णता दिईएको छ ।  कार्यसमितिमा रिक्त रहेको ६ जना सदस्यहरु मनोनित गरिएपछि कार्यसमितिले पूर्णता पाएको हो ।

समाजको आइतवार बसेको बैठकले रिक्त रहेको सदस्यहरुमा पदपूर्ती गरिएपछि कार्यसमितिलाई पूर्णता दिईएको अध्यक्ष बुद्धि शेरचनले समुद्रपारिलाई बताउनुभयो ।

पदपूर्ती गरी पूर्णता पाएपश्चात अध्यक्ष शेरचन नेतृत्वको नेपाली साझा समाजको कार्यसमिति यसप्रकार रहेको छ । उपाध्यक्ष त्रयमा मञ्जु क्षेत्री, सुजन श्रेष्ठ
र तारा गौडेल रहनुभएको छ भने महासचिवमा गोपाल पोखरेल, सचिव निरज गुरुङ, सहसचिव हिरा रसाईली, कोषाध्यक्ष आलोककुमार श्रेष्ठ र सहकोषाध्यक्षमा रमेश अधिकारी रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा सुरेश गौचन, दिवाकर शाक्य, श्रीधर घिमिरे, गोपाल गौतम, कृष्ण नगरकोटी, लक्ष्मी महर्जन, ऋतेश महर्जन, प्रज्ञा गिरी, भरतराज पौडेल, नविन श्रेष्ठ, राजेश खनाल र केशब थापा रहनुभएको छ । समाजले बाढी पहिरो पीडितका लागि संकलित राहत रकम र तीज कार्यक्रमको हिसाब किताबलाई पनि अनुमोदन गर्दै राहत संकलनमा सहयोग पुर्‍याउने सबैलाई धन्यबाद ब्यक्त गरेको छ ।

राहत रकम धर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको थियो । समाजका तर्फबाट उषा शेरचन र कृष्ण बस्नेतले राहत रकम फाउण्डेशनलाई हस्तान्तरण गर्नुभएको थियो । साथै समाजले विजयादशमी २०७४ को उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गरेको छ भने आगामी अक्टुबर १ तारिखका दिन पारिवारिक वातावरणमा दसैं भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यसैगरी समाजले ओइजुमी क्षेत्रमा बस्ने नेपालीहरुलाई यहि सेप्टेम्बेर २४ तारिख बिहान १० बजेदेखि ओइजुमी कुमिनखानमा हुने ट्राफिक नियम सम्बन्धि तालिममा सहभागी हुन अपील पनि गरेको छ । *** 

तपाईको प्रतिक्रिया