बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – गत शुक्रबारबाट नेपालभर रिलिज भएको चलचित्र ‘दुई रुपियाँ’ जापानमा प्रदर्शन हुने भएको छ ।

आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र आगामी अक्टुबर १ तारिख टोकियोमा प्रदर्शन हुने सिसिआई ग्लोबल कम्पनीले बताएको छ । चलचित्र दशैंको भोलिपल्ट टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने भएको हो । युट्युवमा सर्बाधिक हेरिएको ‘कुटुमा कुटु सुपारी दाना’ गीतका कारण चर्चामा रहेको यो चलचित्र जापानबासी नेपालीहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा लिइरहेका छन् ।

‘दुई रुपियाँ’ का लागि हुने ग्याङ फाइटको कथालाई निर्देशक असिम शाहले कमेडी शैलीमा यो चलचित्रमा उतारेका छन् । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको टोकियो सहित तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मुख्य सहरमा पनि प्रदर्शन गरिने नविन थापा मगरले समुद्रपारिलाई बताए ।***

 

 

तपाईको प्रतिक्रिया