शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गर्मी महिनामा गुलियो तथा फोहोर भएको ठाउँमा झिँगा धेरै आउने गर्छ । त्यसबाट छुटकारा पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ । झिँगाबाट फैलन सक्ने रोगबाट बच्न खाने परिकारलाई फ्रिजमा राख्ने गर्नुपर्छ ।

तर, सबैलाई यो सम्भव नहुन पनि सक्छ । त्यसैले, घरमा झिँगाबाट बच्न केही यस्ता उपाय अपनाउन सकिन्छ ? स्याउको बोक्रा झिँगा भगाउन प्रयोग गर्न सकिन्छ । स्याउको बास्ना झिँगालाई मन पर्ने भएकाले यो उपयोगी हुन्छ । त्यसका लागि स्याउको बोक्रा एक कप तातो पानीमा उमाल्ने र बोतलमा हालेर खुला राख्नुपर्छ ।

त्यसरी राख्दा आउने झिँगा त्यसमा डुबेर बाहिर निस्कन सक्दैन । बिग्रिएको फलफूल झिँगालाई मन पर्छ । त्यस्ता फलफूलको प्रयोगद्वारा झिँगाबाट छुटकारा पाउन सकिन्छ । यसलाई अर्को तरिकाले पनि प्रयोग गर्न सक्नुहुन्छ । एउटा प्लास्टिकमा कुहिएको फलफूल राखेर त्यसमा प्वाल पार्नुपर्छ । यसो गर्दा झिँगा त्यसभित्र पर्छन् र तिनबाट छुटकारा पाउन सकिन्छ ।

झिँगा भगाउन वाइन पनि एउटा राम्रो उपाय हो । स्याउको बोक्राको बास्नाजस्तै झिँगा वाइनको बास्नामा पनि आउने गर्छ । बोतलमा अलिकति वाइन छाडेर बिर्कोे नलगाई राखेर पनि झिँगालाई जालमा पार्न सकिन्छ । यसरी राख्दा झिँगा भित्र छिर्छ र त्यसको समस्याबाट मुक्त हुन सकिन्छ । यदि तपाईंसँग वाइनको बोतल छैन भने प्लास्टिकको झोला वा पेपर कपको प्रयोगले पनि झिँगालाई जालमा पार्न सक्नुहुन्छ ।

स्याउको बोक्राको रससँगै साबुनको फिज पनि राख्दा झिँगा आउँदैन । यस्तो झोलको सतहमा साबुनको केही भाग प्रयोग गर्न सकिन्छ । यसो गर्दा झिँगाले पानी खाँदा त्यही पानीमा मर्छ । एजेन्सी

तपाईको प्रतिक्रिया