शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मुम्बई  – भारत मुम्बईमा रहेको आरके स्टुडियोमा आगलागी भएको छ । राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियो बताएका थिए । शनिबार भएको आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगो नियन्त्रणमा लिनका लागि ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो । यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।

आरके ब्यानरमा बनेका आग, बरसात, आवारा, श्री ४२०, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बबी, सत्यम शिवम् सुन्दरम्, राम तेरी गंगा मैली जस्ता उत्कृष्ट चलचित्रको छायाँकन भएको थियो । सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए ।

तपाईको प्रतिक्रिया