शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – नागोयाको खामिदामा बस्दै आउनुभएकी चितवन लंखुकी भिमा कँडेलको पाण्डेको हिजो बेलुका निधन भएको छ ।  कँडेलको सिनोदावासी स्टेशन नजिकै नागोया हार्ट सेन्टरमा हिजो राती ११ बजे निधन भएको उहाँका भिनाजु विनोद सापकोटाले समुद्रपारिलाई जानकारी दिनुभयो ।

करिव डेढ महिना अगाडि जापान आउनुभएकी कँडेलको आएको ८/१० दिनमा नै स्वासप्रश्वासमा समस्या आएकोले अस्पताल लगिएको थियो । उहाँका श्रीमान करिब डेढ बर्ष अगाडिबाट जापानमा हुनुहुन्छ ।

मृतक कँडेलको शव अस्पतालको शव गृहमा राखिएको छ । उहाँको अत्येष्टी यही सेप्टेम्बर १९ तारिख मंगलबार साढे ९ बजे गरिने भएको छ ।  अन्त्येष्टिमा सहभागी भईदिनका लागि जापानमा रहेका चितवनबासी, एनआरएन लगायत बिभिन्न संघसंस्थामा आबध्द एवं नागोया क्षेत्रका नेपालीहरूलाई परिवारले अनुरोध गरेको छ । ***

तपाईको प्रतिक्रिया