शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

लण्डन – बेलायतमा आतंककारी आक्रमणको खतरा उच्च विन्दुमा पुगेको त्यहाँको प्रहरीले जनाएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीले बताएका हुन् ।

प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टिरेजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर र संवेदनशील बनेको बताउनुभएको छ ।

दक्षिण पश्चिम लण्डनको पार्सन्स ग्रिन स्टेसनमा भएको ट्युब बम विस्फोटनमा परि २९ जना घाइते भएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले आफूले आक्रमण गरेको दाबी गरेको छ ।

देशभर अहिले एक हजार भन्दा बढी प्रहरी परिचालन गरिएको र सेनालाई पनि सहयोगका लागि आग्रह गरिएको प्रहरी अधिकारीले बताएका छन् । मानिसको भिडभाड बढी हुने क्षेत्रलाई लक्षित गरी सुरक्षा सर्तकता बढाइएको प्रधानमन्त्री मेले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया