शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् ।

चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।

राजधानी लगायत मुलुकका अधिकांश बजारमा दसैंमा चिनियाँ तयारी पोशाकको बिक्री हुने गरेको छ । व्यवसायीका अनुसार हाल जाँचमा कडाइ गरेपछि दैनिक ३० देखि ४० कन्टेनरमात्र नेपाल भित्रने गरेका छन् ।

यसबाट सामान आयातमा प्रत्यक्ष प्रभाव परेको छ । सीमाबाट आवतजावत गर्ने प्रत्येक कन्टेनरलाई केरुङ प्रहरी, भन्सार र क्वारेन्टाइनले १० देखि १५ मिनेट लगाएर जाँच गर्दै आएका छन् ।

पटकपटक यस नाकाबाट भित्रिएको सुन बरामद हुँदै आएको छ । दुई सातामै क्रमशः १५ र ८८ किलो सुन बरामद भएको थियो ।

तपाईको प्रतिक्रिया