बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानमा क्रियाशील महिलाहरुको समुह ’म नेपाली ग्रुप’ ले तराईका बाढि पीडितहरुको लागि आर्थिक सहयोग जुटाई पठाएको छ ।
सो समुहले गत तीज कार्यक्रमका अवसरमा संकलित रकम बाढि पीडितहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनमा पठाएको हो ।

देशमा प्राकृतिक प्रकोप बाढी पहिरोले तराईको धेरैजसो क्षेत्र आक्रान्त बनेको बेला परेकोले आयोजित तीज कार्यक्रममा मन खोलेर रमाउन नसके पनि कार्यक्रममा सहभागीहरुबाट स्वतःस्फुर्तरुपमा संकलित रकम ६९ हजार ३ सय ५६ रुपैंयाँ धुर्मुस सुन्तली फाउण्डेशनमा पठाईएको सो समुहकी संयोजक स्मृति आचार्यले समुद्रपारिलाई बताईन् । सहयोगी सबैलाई म नेपाली ग्रुपको तर्फबाट संयोजक आचार्यले बिशेष धन्यबाद ब्यक्त गरेकीछिन् ।***

तपाईको प्रतिक्रिया