प्रदेश नंम्बर २ को निर्वाचन तयारी पूरा

काठमाडौं – असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण निर्वाचनका सामग्रीसहित साँझसम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसक्नेछन् । प्रदेश नम्बर २ का २ हजार १ सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
यस्तै भोलि, पर्सि र असोज १ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित