शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

लखनउ – भारतको उत्तर प्रदेश राज्यको बागपतबाट करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँ नजिकै यमुना नदीमा बिहीबार बिहान डुंगा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका छन् । दुर्घटना भएलगत्तै खोजी तथा उद्धारमा विभिन्न टोली परिचालन गरिएको बताइएको छ ।

काठा गाउँ निवासी महिला र पुरुष यमुना नदी पार गरी दैनिक मजदुरीका लागि हरियाणातर्फ जाने क्रममा दुर्घटना भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले डुंगा दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मृतकका परिवारलाई हरसम्भव राहत उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया