गामवेसी चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई सहयोग जुट्दै

चितवन  – नेपाल जापान कोलाब्रेसनल र ‘हाम्रो दृष्टि राम्रो दृष्टि’ ले बुधबार रत्ननगरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई स्टेसनरी सामाग्री सँगै खाद्यान्न स्वरुप नगद ७ हजार सहयोग गरेको छ ।

हाम्रो दृष्टि राम्रो दृष्टी नेपालको सहकार्य र जापानमा रहेका नेपाली युवाहरु मिलेर खोलिएको संस्था कोलाब्रेशनद्धारा चेपाङ बालबालिकाका लागि सहयोग गरिएको कार्यक्रम संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।

हाम्रो दृष्टि राम्रो दृष्टि र नेपाल जापान कोलाब्रेसन नामक संस्थाले गामबेसी चेपाङ संरक्षण केन्द्रमा रहेका १ सय २ बालबालिकाका लागि  एक छाक खाद्यान्न स्वरुप नगद ७ हजार, २४ दर्जन कपी र २०४ थान कलम बितरण गरिएको संस्थाका सदस्य प्रकाश थापाले जानकारी दिनुभयो ।

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहात मिलेको संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले बताउनुभयो ।
आफूले निकै दुःख र कठिनाईका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालन पोषणमा लागेको बताउँदै उहाँले अन्य निकायको पनि आवश्यक सहयोग गरी चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विद्यालय शिक्षाबाट वञ्चित विभिन्न जिल्लाका चेपाङ बालबालिकालाई अहिले रत्ननगरमा राखेर पठनपाठन गराइँदै आएको छ । बालबालिकाहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा संरक्षण केन्द्रले पालन पोषण र शिक्षा दिँदै आएको छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित