काँग्रेसको टोली आज सर्लाही र रौतहटमा, गगन भने ७ ठाँउमा पुग्ने

काठमाडौ – चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहट पुग्ने भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले आज सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उ

हाँहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ ।

सभामा देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रममा रहेको काँग्रेस प्रचार प्रसार उपसमितिको तर्फबाट रौतहट प्रतिनिधि अजबाबु सिवाकोटीले जानकारी दिनुभयो । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि देउवा सहितको टोली पर्साको वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ । वीरगन्ज र बाराको कलैयामा भोली काँग्रेसको आमसभा हुने भएकाले आज बेलुका उहाँहरु वीरगञ्ज बस्नुहुने भएको काँग्रेसले जनाएको छ ।

काँग्रेसको शिर्ष टोली हिजो धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवासमा भएका चुनावी सभामा सहभागी भएको थियो । काँग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापा भने आज एकैदिनमा रौतहट, बारा, पर्सा र सर्लाहीमा हुने सात ओटा कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

रौतहटको गजरा नगरपालिकामा अहिले विहान नौ बजे चुनावी सभा हुन लागेको छ भने रौतहटकै विजयपुर, कथहरीया नगरपालिकामा पनि कार्यक्रम हुनेछ । त्यसपछि उहाँ आजै बाराको कोल्भी, सर्लाही र पर्साका विभिन्न ठाँउमा हुने कार्यक्रमहरुमा सहभागी हुनुहुने भएको छ ।

चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित