शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – समुद्री आँधी इर्माका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति बन्द हुँदा अमेरिकको फ्लोरिडामा रहेको नर्सिङ होममा ८ जनाको ज्यान गएको छ ।

तीनजना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्था भेटिएको र अरु पाँचजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ब्रोवार्ड काउन्टीक मेयर बार्बरा शारिइफले बताउनुभएको छ । हलिवुड हिल्स फ्यासिलिटीमा रहेका नर्सिङ होमबाट अरु एक सय १५ जनालाई उद्धार गरिएको छ ।

इर्मा आँधीका कारण फ्लोरिडको विद्युत आपूर्ति प्रभावित भएको छ । अहिले पनि एक करोड भन्दा भन्दा बढी मानिस विद्युत आपूर्ति बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको ज्यान गइसकेको छ । यो आँधीका कारण क्यारेबियन क्षेत्रमा ४० जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया