नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गौतम कार्वाहीमा

काठमाडौं – गैर आवासीय नेपाली संघ बेल्जियमको गत ०३ सेप्टेम्बरका दिन सम्पन्न निर्वाचनमा नेपाली जनसम्पर्क समिति बेल्जियमले उठाएका अध्यक्षका उम्मेदवार सन्तोष जोशी (सुवास) को अन्तरघातका कारण पराजय भएको र अन्तरघातको नेतृत्व जनसम्पर्क समितिका पूर्व अध्यक्ष गंगाधर गैतमले गरेको भनि बलिराम झाको सभापतित्वमा रहेको अनुशासन समितिले प्रमाणित गरिदिएपछि गौतमलाई आगामी ३ वर्षका लागि साधारण सदस्यबाट बर्खास्त गरेको छ ।

यसका साथै उनलाई कार्वाही अवधि सम्मका लागि नेपाली जनसम्पर्क समितिको सबै हैसियतबाट मुक्त गरेको जानकारी दिइएको छ । सभापति सीता सापकोटा द्वारा हस्ताक्षरित कार्वाही पत्रमा ‘गैरआवासीय नेपाली संघ बेल्जियमको गत निर्वाचनमा संगठनले प्रवासी नेपाली मञ्च बेल्जियमसंग मिलेर कायम गरेको गठबन्धनको बिपक्षमा लागि नेपाली जनसम्पर्क समितिले तोकेको अध्यक्षका उम्मेद्वार नेजस बेल्जियमका निवर्तमान अध्यक्ष सन्तोष जोशी (सुवास) लाई हराउन गंगाधर गौतमको प्रत्यक्ष संलग्नता रहेको बारे अनुशासन समितिमा परेको उजुरीको छानबिन गर्दा सप्रमाण सत्य ठहरिएको जनाईएको छ ।

जस अनुसार मिति ११ सेप्टेम्वर देखि लागू हुने गरि गौतमलाई नेपाली जनसम्पर्क समिति बेल्जियमको समितिका सबै हैसियत सहित साधारण सदस्यबाट आगामी ३ वर्षका लागि निष्कासन गरिएको व्यहोरा सहित नेपाली जनसम्पर्क समिति बेल्जियमले कार्वाही गरिएको बताईएको छ ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित