एकैपटक १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाडौं – न्याय परिषदले एकैपटक १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको आज बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ । न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस
बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले भर्खरै उक्त निर्णय गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

यस पल्टको नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सवोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो । एक जना भने अझै पूर्ति हुन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित