बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानमा रहेका भलिवल खेलाडि तथा भलिबल प्रेमीहरु पनि संगठित हुने भएका छन् ।

नेपाल भलिवल एसोसियशनले जापानमा रहेका भलिवल खेलाडिहरुलाई समेट्दै जापान शाखा गठन गर्न पूर्व भलिबल खेलाडी नविन गुरुङलाई संजोजकको जिम्मेवारी तोकेको छ ।

नेपाल भलिवल एसोसियशनसंग समन्वय गर्दै जापानमा रहेका भलिवल खेलाडिहरुमा रहेको खेल क्षमता प्रस्फुटन एवं प्रोत्साहित गर्ने उद्देश्यले सम्पर्क समितिकोरुपमा जापान शाखाको गठन गर्न लागिएको संयोजक गुरुङले समुद्रपारिलाई बताउनुभयो ।

भलिवल संघ केन्द्रको निर्देशन अनुसार भलिवलप्रेमी २५ जना साधारण सदस्यहरु मध्येबाट ११ जनाको जापान शाखा कमिटी गठन गरिने तयारी भईरहेको बताईएको छ । त्यसका लागि आउँदो १९ तारिख मंगलबार टोकियोमा एक भेलाको आयोजना गरिएको छ ।

सोलमारीको सभाकक्षमा अपरान्ह १ बजेदेखि हुन गईरहेको सो भेलामा सहभागी भईदिन भेला आयोजकका तर्फबाट पूर्व भलिवल खेलाडि समेत रहनुभएका चन्द्र खत्रीले जापानमा रहेका समस्त भलिवल खेलाडि तथा भलिवल खेलप्रेमीहरुमा अपील गर्नुभएको छ ।

पूर्व राष्ट्रिय भलिवल खेलाडी तथा पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरूङको पहलमा भलिवल एसोसियशनको जापान शाखा गठन हुन लागेको हो  । ***

 

तपाईको प्रतिक्रिया