अमेरिकामा मनाइयो इन्द्रजात्रा (फोटोफिचर)

वाशिंगटन डिसी – नेवाः अर्गनाईजेसन अफ् अमेरिकाले राजधानी वाशिंगटन डिसी नजिकै ऐतिहासिक नाटक प्रस्तुत गर्दै इन्द्रजात्रा मनाएको छ । अर्गनाईजेसनले गत आइतबार (सेप्टेम्बर १० तारिक)का म्यारिल्याण्डको गेथेसबर्ग बोएड्सस्थित ब्ल्याकहिल रिजनल पार्कमा इन्द्रजात्रा मनाएको हो ।

काठमाडौँ उपत्यकाको झल्को आउने गरी विभिन्न प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवाः समुदायको साथै अमेरिकावासी नेपालीहरुको बाक्लो उपस्थिति थियो । ७ सय भन्दाबढीले जात्राको अवलोकन गरेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथीसमेत रहनु भएका अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले प्रवासमा पनि नेपालको संस्कृती चिनाउन नेवाः अर्गनाईजेसन अफ् अमेरिकाले गरेको कार्यप्रति एक्यवद्धता जनाउदै खुशी व्यक्त गर्नु भएको थियो ।

ईन्द्रजात्रा किन र कसरी मनाउन शुरु भएको भन्ने इतिहांसमा उल्लेख भएपनि यस प्रकारको प्रदर्शन नेपालमासमेत आयोजना नभएको अर्गनाईजेसका निर्बतमान अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो । अर्गनाईजेसनका वरिष्ठ उपाध्यक्ष पुष्कर प्रजापतीले सञ्चालन गर्नु भएको कार्यक्रममा अध्यक्ष बबिता प्रधानले स्वागत मन्तव्य राख्नु भएको थियो ।

ईन्द्रजात्रामा लाखे नाच, अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसीसहित आठ वटा देवीदेवताको नृत्य प्रस्तृत गरिएको थियो । कार्यक्रममा नेवाः संस्कृतीका स्कलर तथा पुरोहित बसव राजोपाध्याको निर्देशनमा ईन्द्रजात्राको ऐतिहासिक नाटकसमेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित