शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ –  बहुचर्चित मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको लय शब्दमा फेरी अर्को दमदार सालैजो गीत बजारमा आएको छ । सुमधुर स्वरकी धनी गायिका सञ्जु थापा मगरले निश्चल मूभिज मार्फल तिमी र म भए बोलको सालैजो गीत बजारमा ल्याएकी हुन् ।

सञ्जु थापा मगरको युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको यस गीतमा कलाकार प्रसाद खप्तरी मगर र सञ्जु थापा मगरको स्वर रहेको छ । पछिल्लो समयमा नेपाली लोकसंगीतको बजारमा ब्यवसायिकताले मौलिकता हराउँदै गइरहेका बेला पूरानो परम्परागत मौलिकतालाई संरक्षण गर्ने हेतुले लागेका कलाकार प्रसादको शब्द लय र संगीतमा आएको तिमी र म भए बोलको गीतले पनि परम्परालाई झल्काउने प्रयास गरेको छ ।

यसगीतमा प्रयोग गरिएका चलनचल्तीका शब्द र कलाकार खप्तरी र थापाद्वयको गायकीपनले अझै बढी श्रुति मधुरता बढाएको छ । संस्कृति दुरुस्तै झल्किने गरी बनाइएको गीतको म्यूजिक भिडियाले यसगीतलाई अझै जीवनत बनाएको छ । राहुल थापा मगरले निर्देशन गरेको म्यूजिक भिडियोमा निर आले मगर र सरिश्मा मगरले अभिनय गरेका छन् । देभराज गुरुङ्गले छायाङ्कन तथा नबिन घर्ती मगरले भिडियोको सम्पादन गरेका छन् ।

हेर्नुस पुरा भिडियो

तपाईको प्रतिक्रिया