इर्मा आँधीका कारण फ्लोरिडाका दुई तिहाइ घरमा विद्युत सेवा बन्द

काठमाडौं  – इर्मा आँधीका कारण अमेरिकाको फ्लोरिडाका दुई तिहाइ घरमा विद्युत कटौती भएको छ । इर्मा आँधीका कारण विद्युत प्रशारण लाइनमा असर परेकाले फ्लोरिडाका ६५ लाख घरमा विद्युत आपूर्ति बन्द भएको सरकारी अधिकारीले बताएका छन् ।

अहिले राहतको काम भइरहेको र ईन्जिनियरहरुले प्रशारणलाइन मर्मत गरी विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरिरहेका छन् । क्याटेगोरी फोरको आँधीका कारण फ्लोरिडा किज आइल्याण्सहित अमेरिकाको पश्चिमी क्षेत्रमा ठूलो क्षति भएको छ ।

इर्मा आँधी फ्लोरिडामा आइतबार पुगेको थियो । आँधीका कारण फ्लोरिडामा चार जनाको ज्यान गएको छ । यहि आँधीका कारण गएको हप्ता क्यारेबियन क्षेत्रमा कम्तिमा ३७ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित