रोहिंज्यामाथिको हमला जातीय सफायाः राष्ट्रसंघ

काठमाडौं – राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन् ।

राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने उनले बताए । तर त्यहाँको स्थिति जातीय सफाया झैं देखिएको उनले उल्लेख गरेका छन् ।

यसअघि दलाई लामाले रोहिंज्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका छन् । विगतमा उनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंज्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न आह्वान गरेका थिए ।

गत महिनाको अन्ततिर शुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंज्या शरणार्थी भागेर छिमेकी बांग्लादेश पुगेका छन् ।बीबीसीबाट… 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित