बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपाली हिन्दूहरुको महान पर्व विजया दशमी तथा तिहार नजिकिदै जाँदा चाडपर्वसँग सम्बन्धित गीतहरु बजारमा आउन थालेका छन् । यसै सिसिलामा ‘प्रथम गल्कोट नेपाली लोक तारा’ विनोद कार्कीले दसैं–तिहार गीत ‘दसैंको रातो टिका’ बजारमा ल्याउनु भएको छ ।
मुनाल डिजिटल मार्फत बजारमा ल्याएको गीतमा विनोद कार्की र जुना श्रीषको स्वर रहेको छ भने शब्द राजन केसीको रहेको छ । सहारा फिल्मस् एण्ड ईण्टरटेनमेण्ट प्रालिले निर्माण गरेको गीतको भिडियोमा चर्चित निर्देशक शिवन पोख्रेलले भिडियो निर्देशन गर्नु भएको छ । जहाँ मोडल राजन खत्री र एलिना रायमाझिको अभिनय रहेको छ ।
गीतमा अध्ययन र रोजगारका सिलसिलामा विदेश पुगेका नेपालीहरुको वास्तविकता देखाइएको छ । महान् पर्व बडादसैं र तिहारमा घर जान नपाएको र आफ्ना प्रियसीसहित घरपरिवारको सम्झनामा गीत केन्द्रित छ ।
गीतलाई म्यूज़िक नेपालले युट्युब मार्फत सार्वजनिक गरेका छ।

https://www.youtube.com/watch?v=4163_bfMPkM&feature=youtu.be

तपाईको प्रतिक्रिया