राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको जापान शाखा गठन

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको जापान शाखा गठन भएको छ । जापानमा रहेका नेपाली लोक गीत तथा संगीतको क्षेत्रमा क्रियाशिल कलाकर्मीहरुको आइतबार टोकियोमा भएको भेलाले लोकप्रिय लोक दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा प्रतिष्ठानको जापान शाखा गठन भएको हो ।

शाखाको २१ सदस्यीय तदर्थ समितिको उपसंयोजकद्वयमा सूर्य खड्का र पुरुषोत्तम सिग्देल चयन भएका छन भने सचिबमा नारायण कंडेल र कोषाध्यक्षमा ऋषिराम कंडेल सर्बसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ऋषि पौडेल, कुलबिर थापा, दिलेन्द्र जोशी, श्याम शितल श्रेष्ठ, सोना के सी, मुक्ति सुवेदी, समुन्द्रराज पौडेल, छवि पाण्डे, दिपक शर्मा, महेन्द्र न्यौपाने, चेतन घर्तीमगर, यदुराम सापकोटा, प्रभा न्यौपाने, अमित सापकोटा, दिपक बसन्त कार्की र होम पुन रहेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालसंग समन्वय गरी जापानमा रहेका कलाकार तथा बिभिन्न ब्यक्तित्वहरुको रोहबरमा तदर्थ समिति गठन गरिएको सो समितिले जनाएको छ। भेलाले पिताम्बर चापागाई (पदमपानी) को संयोजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिति र रामकृष्णबम मल्लको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिति पनि गठन गरेको छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित