चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनुपर्छ

काठमाडौं – सरकारी निर्णय विपरित विभिन्न मेडिकल कलेजले चर्को शुल्क लिएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

डा. केसीले आज विज्ञप्ति जारी गर्दै चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न तथा पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नु भएको छ । सरकारले एमबीबीएस तथा बीडीएसको शुल्क निर्धारण गरिसके पनि चलखेल गरी चर्को शुल्क लिने मेडिकल कलेजलाई कडा कारबाही गर्न डा. केसीको माग छ ।

सरकारले एमबीबीएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ भनी शुल्क निर्धारण गरिसकेको छ ।  तर त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट सो भन्दा बढी रकम असुल्ने गरेको डा. केसीको दावी छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित