बलात्कारी बाबा रहीमको आश्रममा भारत र पाकिस्तानको क्रिकेट !

भारत  – पछिल्लो समय भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पूर्व विकेट किपर विजय दहिया र बलात्कारी बाबा राम रहीम एकै ठाउँमा भएको तस्बिर सार्वजनिक भए पनि कमै मात्र आश्चर्यमा पर्छन् होला ।

भारतमा जब कुनै व्यक्ति शक्ति, आस्था, धर्म, राजनीति, खेल वा अन्य माध्यमबाट शीर्ष पदमा पुग्छ भने उसको पछाडि हजारौंको भीड लाग्नु सामान्य कुरा हो । आजभोलि हरियाणाको सिरसामा रहेको धार्मिक आश्रम डेरा सच्चा सौदाका प्रमुख राम रहीमसँग जोडिएका अनेक किस्सा बाहिर आएका छन् ।

मलाई याद छ सन् २००४ को डिसेम्बर महिना जब आश्रमभित्र रहेको शानदान रंलगशालामा भारत र पाकिस्तानका पूर्व खेलाडीको बिचमा मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भएको थियो । त्यति मात्रै होइन खेलको प्रत्यक्ष प्रसारण दूरदर्शन टेलिभिजनले नै गरेको थियो ।

म एक वैकल्पिक कमेन्टेटरको रुपमा दूरदर्शनको टिममा सहभागी थिएँ । त्यो खेलमा भारतको कप्तानको रुपमा थिए पूर्व विकेटकिपर तथा व्याटस्म्यान सैयद किरमानी । पाकिस्तानतर्फको टिमको कप्तानको भूमिकामा थिए आफ्नो जमानाका धुरन्धर ब्याटस्म्यानसर्यद अनवर थिए ।

पाकिस्तानबाट ओपनिङ ब्याटिङ गरेका थिए शोएब मोहम्मद र एजाज अहमदले । यो खेल ४७ जना अनाथ बालबालिकाको सहयोगका लागि भएको  थियो । खेल ४०–४० ओभरको भएको थियो ।

भारतीय टिममा पूर्व तिब्र गतिका बलर अतुल वासन, मदन लाल, संजीव शर्मा, प्रवीण आमरे, अशोक मल्होत्रा, समीर दिघेजस्ता दिग्गज खेलाडीको सहभागिता रहेको थियो । दर्शक तान्न यी नाम नै काफी थिए ।

खेल पत्रकारको हैसियतमा मलाई दिल्लीबाट बाहिर जाने धेरै अवसर मिलेको छ । मलाई लागछ बाबाको आश्रमभित्र सम्पन्न त्यो खेलको भव्यता देखेर बिसिसिआई पनि लज्जित हुन्थ्यो होला ।

बाबाका मान्छे हाम्रो सेवामा थिए

हाम्रो टिममा दस जना जति  थियौं । प्रोड्युसर। क्यामेराम्यानलगायतको समूह थियो । हामी रातको आठ बजेतिर बाबाको सिरसामा रहेको आश्रमममा पुगेका थियौं । जाडो भएकाले सबैलाई चिया पिउन मन थियो, तर त्यो भन्दा पहिले रंगशालाको नजिकै बनेका कोठाहरुमा सामान राख्न भनियो ।

हाम्रो टिमसँग आश्रमको एउटा समूह नै थियो । उनीहरुले हामीलाई सहयोग गरिरहेका थिए । उनीहरुले हामीलाई चिया पिउने ठाउँमा लगे । त्रिपालले ढाकिएको त्यो ठाउँ काफी ठूलो थियो । जहाँ धेरै नै गिलास र प्लेटहरु राखिएको थियो ।

फाइभस्टार होटेल भन्दा कम थिएन

बिहान ६ बजे आश्रमका मानिस ढोका ढकढकाउन आए । बाहिर आएर हेर्दा ठूला ठूला डेक्चीमा पानी तताइएको थियो । नुहाइधुवाई गरेर डिनर हलमा चिया नास्ता गर्न गयौं । बिहान आठ बजेतिर स्टेडियमको निरीक्षणमा हामी निस्कियौं ।

एकदमै अनुशासित तवरले महिला पुरुष, बालबालिका रंगशालातर्फ जादै थिए । कुनै टिकट थिएन, कुनै रोकटोक थिएन । उनीहरु बसेको देख्दा लाग्थ्यो, उनीहरुलाई थाहा थियो आफू कहाँ बस्ने भन्ने कुरा ।

खेल निर्धारित समयमै सुरु भयो । बाबा हुँदाहुँदै रंगशालामा अर्को भिआइपी व्यक्ति हुने कुरा पनि थिएन । उनी विशेष रंगशालामा बनाइएको विशेष स्थानमा विराजमान  थिए । उनको जयजकार सुरु भयो । भारत पाकिस्तानका नारा पनि सुरु भयो । लगभग २५ हजार दर्शकले रंगशालाको कुना–कुना भरिएको थियो ।

भारतले जित्यो  खेल

जब खाना खाने समय भयो, कमेन्ट्री टिम र खेल पत्रकारलाई एउटा त्रिपालमुनि लगियो । जहाँ पुरी तरकारीको व्यवस्था थियो । सायद त्यसलाई प्रसादको रुपमा लिन्थे होलान् ।

थोरै समय निकाले हामीले केही व्यक्तिलाई सोध्यौं बाबा राम रहीमप्रति यत्रो समपर्णभाव किन ? उनीहरुको सबैको लगभग एउटै जवाफ थियो– शान्ति पाइन्छ ।

जे होस् खेल भारतले दुई विकेटले जित्यो । पाकिस्तानले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । शोयब मोहम्मदले नट नटआउट १ सय १० रन बनाए ।

आज भारत पाकिस्तान बिचको खेल सम्बन्ध यस्तो छ कि क्रिकेटको त कुरै छोड्नुहोस्, आपसमा हक्की र कबड्डी पनि खेल्न सक्ने अवस्था छैन ।
अब सोच्छु कि यो एउटा सपना जस्तै थियो, बलात्कार गरेको मुद्धामा जेल बसिरहेका बाबा राम रहीमको आश्रममा भारत पाकिस्तानका दिग्गज खेलाडीको बिचमा मैत्रिपूर्ण खेल भएको थियो ।

(बिबिसी हिन्दीका लागि खेल पत्रकार आदेश कुमार गुप्तले तयार पारेको लेखको अनूदित अशं)

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित