शिव परियारको गीतमा स्वस्तिमा र भिमफेदी गाइज (भिडियोसहित)

काठमाडौं – निर्देशक विकास सुवेदीले गायक शिव परियारको आवाजमा समावेश एक गीतको भिडियो निर्देशन गर्नु भएको छ ।
पूर्णतया सेटमा छायांकन गरिएको यो भिडियोमा भिमफेदी गाइज र नायिका स्वस्तिमा खड्काले मोडलिङ गर्नु भएको छ ।

‘मेरो मायाले’ बोलको गीतको म्यूजिक भिडियोलाइ आकर्षक बनाइएको छ । गायक परियारको ‘शिवालय’ एल्बममा समावेश यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । भिमफेदी गाइजले नै यो गीतको कोरियोग्राफी गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित