‘वरिष्ठ लोक गायक अमर बिरही गुरुङको एकल साँझ हुने’

काठमाडौं – वरिष्ठ लोक गायक अमर बिरही गुरुङको एकल साँझ हुने भएको छ । यही भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझ हुने भएको हो ।

तमु गुरुङ कलाकार संघको आयोजनामा हुने कार्यक्रममा उहाँले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नुहुनेछ । नेपाली लोक संस्कृति तथा कला सांस्कृतिको जगेर्नाका लागि एकल साँझ कार्यक्रमको आयोजना गरिएको गुरुङले बताउनुभयो । चार दशक भन्दा लामो सांगीतिक क्षेत्रमा सक्रिय अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंहदरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुर्तीलगायत दर्जनौं गीत लोकप्रीय छन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको विशेष सहयोगमा हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित