बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–१ थामडाँडामा गत सातादेखि फैलिएको भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ । गाउँमा अचानक रुपमा भाइरल ज्वरो फैलिएपछि थामडाँडामा अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालय जान छाडेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी र स्थानीय स्वास्थ्य संस्थाबाट गएको टोलीले विद्यालयमै पुगेर शिविर सञ्चालन गरी औषधिपोचार गरेपछि भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीय स्वास्थ्यकर्मी ढालबहादुर जिसिले बताउनुभयो । टोलीले दुई दिनमा २४१ जना बिरामीको उपचार गरेको टोली प्रमुख एवं पौदिअमराई स्वास्थ्य चौकीका अहेब पदम अधिकारीले जानकारी दिनुभएको छ ।

भाइरलको ज्वरोको प्रकोपका कारण थामडाँडाका सरस्वती माध्यमिक विद्यालय, छत्र निम्न माध्यमिक र सिद्ध आधारभूत विद्यालयमा अध्यनरत अधिकांश विद्यार्थी एक सातादेखि विद्यालय नै जान छाडेका थिए ।

तपाईको प्रतिक्रिया